संयुक्त राज्य अमेरिका धेरै शहरहरु पर्यटकको रुपमा घुमिसकेको भएता पनि त्यहाँको स्वप्न नगरी अर्थात लास भेगास दोह¥याएर घुम्ने इच्छा थियो । एक पटक घुमेर त्यो स्वप्न नगरी घुमेको धित मरेको थिएन । हितेषी मीत्र विनोद र म एउटा लामो सप्ताअन्तको मौका पारेर सपरिवार त्यो शहर घुम्ने जाने योजना बनाएर केही घण्टा हवाई यात्रा गरेर त्यहाँ पुग्यौं । उवर सेवा (ट्याक्सीजस्तै वाहन) को प्रयोग गरेर हामीले अग्रिम बुकिङ्ग गरेको होटेल फ्लेमिङ्गोको बाह्रौं तल्लाको तोकिएको कोठा नंं. मा आफ्ना झोली तुम्बा बिसायौं । होटेलको ठूला ऐनाका झ्यालबाट दुलही सिगांरिएको जस्तो झलमल्ल उज्यालो शहरको दृश्य देखिरहेको थियो । “स्वप्न नगरी” अर्थात लास भेगास शहर घुम्न जानुभन्दा पहिले नै हामीले यो शहरबारे धेरै जानकारीहरु लिइसकेका थियौं । ती राम्रा पनि थिए र पर्यटकलाई सचेत तुल्याउने खालका पनि थिए । तर जे जस्तो सुकैभए पनि हामी त्यहाँको दृश्यावलोकन गर्न उत्साहित थियौं । यो शहर विश्वकै सबैभन्दा धेरै विजुली बत्तीले सिंगारिएको रहेछ । यहाँ संसारका अति नै महंगा होटेल मध्ये धेरै जसो यसै शहरमा छन् भन्ने पनि हामीले जानकारी पायौं । यहाँ भए...
रञ्जुश्री पराजुली बालसाहित्यको वरिष्ठ सर्जक हुन् । त्यसै त नारी स्रष्टाहरू नेपाली साहित्यमा कमै छन् त्यसमा पनि झन बालसाहित्यमा त खडेरी नै छ भन्दा हुन्छ । थोरै स्रष्टहरूको पंक्तिमा उभिएकी छन् रञ्जुश्री । उनले कविताको क्षेत्र अँगालिनन् । उनले त कथालाई पो आफ्नो लेखनको क्षेत्र छनोट गरिन् । यसको पनि एउटा कारण रहेछ । उनी विदेशमा बसिछन् । उनका छोरा दिपेन्द्र पराजुली बेलायतमा पढ्दारहेछन् । पश्चिमा मुलुकमा बालबच्चालाई बढी नै महत्व दिएको उनले देखिन् । बालबालिकालाई केन्द्रमा राखेर साहित्य लेखेको पनि उनले पाइन् । विद्यालयहरूमा उनीहरूलाई पढाइमा भन्दा खेलाउने र रमाइला कथा भन्ने, सुनाउने गरेको पनि पाइन् । उनका छोरा दिपेन्द्र दिनदिनै स्कुलमा यस्ता कथा सुनेर आउँथे र घरमा आमालाई पनि यस्तै कथाहरू भन्न लगाउने गर्थे । उनी छोराले यसरी कथा सुनाएको र आपूmले पनि छोराका लागि कथा भन्नुपर्ने हुँदा बिस्तारै कथातर्फ आकर्षित भइन् । क्रमशः आपूm पनि कथा लेखनतर्फ अगाडि बढिन् । यसैमा उनको रस बस्दै गयो । बिस्तारै ती बालकथाका रूपमा परिमार्जित हुनथाले र उनी नेपाली बालकथाकारका रूपमा स्थापित हुन पुगिन् ।...
उताबाट नाती प्रकट पराजुली: तिमी कहिले आउछौर? मैले कथा लेखेकोछु ।चित्र कोरेको छु भन्दै आफुले लकडाउनको बेला गरेका कामहरु मलाई भिडियोमा देखाउँ छन् । उनी आफुले कथा वाचन गरेको भिडियोहरु पठाई रहनछन् ।कुनि कथा आफै, लेखेर पनि पठाउँछन् ।उनको कथाू लिटिलरेड राडिङ्गहुडू मैले युटुबमा राखिदिएको छु ।उनी अमेरिकाको केन्टकी राज्यको लुइभिल भन्ने सहारमा आफ्नो बाबा आमा र दाइ सङ्ग बस्दछन् । यो लकडाउँनको बेला तीन कक्षामा पढ्ने उनी स्कुल फ्रोम हम भनेर घरैबाट अनलाइन पढ्छन् । त्यो एकदुई घन्टा मात्र हुन्छ ।कहिले उनी बाबासङ्ग बारीमा काम गर्दछन् त कहिले आमा सङ भान्छामा पकाउन सिकछन् । उनको दाजु दर्श पराजुली अब आठ कक्षा पढ्ने भएकोले उनी आफ्नै काममा व्यस्त हुन्छन् ।लकडाउनले गर्दाखेरी म नातिनातिनाहरुदेखि पर रहेकी छु। हवाई जहाजको टिकट किनीसकेको भए पनि यो लकडाउनले गर्द त्यस्लाई क्यानसल गरेर अब कहिले खुल्ला र उनीहरुसङ भेट्न पाउँला भन्दै कुरेर बसेकी छु । तर आजकल मिडियाले गर्दा टाढा भए पनि भिडियो च्याट गर्न पाईन्छ। म उनीहरुसङ भिडयोमा रमाएर बस्छु।।म नातिनातिनाहरुको लागि कथा ,कविता उपन्यास ,गित लेख्दछु । मेरा केही बालसाहित्य...
Comments
Post a Comment