लकडाउँन र भिडियो च्याट
उताबाट नाती प्रकट पराजुली: तिमी कहिले आउछौर? मैले कथा लेखेकोछु ।चित्र कोरेको छु भन्दै आफुले लकडाउनको बेला गरेका कामहरु मलाई भिडियोमा देखाउँ छन् । उनी आफुले कथा वाचन गरेको भिडियोहरु पठाई रहनछन् ।कुनि कथा आफै, लेखेर पनि पठाउँछन् ।उनको कथाू लिटिलरेड राडिङ्गहुडू मैले युटुबमा राखिदिएको छु ।उनी अमेरिकाको केन्टकी राज्यको लुइभिल भन्ने सहारमा आफ्नो बाबा आमा र दाइ सङ्ग बस्दछन् । यो लकडाउँनको बेला तीन कक्षामा पढ्ने उनी स्कुल फ्रोम हम भनेर घरैबाट अनलाइन पढ्छन् । त्यो एकदुई घन्टा मात्र हुन्छ ।कहिले उनी बाबासङ्ग बारीमा काम गर्दछन् त कहिले आमा सङ भान्छामा पकाउन सिकछन् । उनको दाजु दर्श पराजुली अब आठ कक्षा पढ्ने भएकोले उनी आफ्नै काममा व्यस्त हुन्छन् ।लकडाउनले गर्दाखेरी म नातिनातिनाहरुदेखि पर रहेकी छु। हवाई जहाजको टिकट किनीसकेको भए पनि यो लकडाउनले गर्द त्यस्लाई क्यानसल गरेर अब कहिले खुल्ला र उनीहरुसङ भेट्न पाउँला भन्दै कुरेर बसेकी छु । तर आजकल मिडियाले गर्दा टाढा भए पनि भिडियो च्याट गर्न पाईन्छ। म उनीहरुसङ भिडयोमा रमाएर बस्छु।।म नातिनातिनाहरुको लागि कथा ,कविता उपन्यास ,गित लेख्दछु । मेरा केही बालसाहित्यका पुस्तकहरु प्रकाशित भएका छन् । यो बेला मेरा नातिनातिना लगायत तिमीहरु सबैको लागि मैले अनलाईन कथा वाचन गरेकीछु।त्यो सबै तिमीहरुको लागि युटियुबमा राखिदिएकीछु । Ketaketi onlineमा गएर Ranju shree parajuli भनेर खोज्यौ भने तिमीहरुले भेट्छौ।मैले तिमीहरुका लागि वाचन गरेका केही कथाहरु पनि त्यहाँछन् । ती कथाहरु संसारका विभिन्न ठाउँ मा बसेका नेपाली केटाकेटीहरुले सुनेर रमाईलो मान्दै मलाई अरु पनि पठुनुन कथा सुनेर हामीले धेरै नजानेका शब्दहरु सिक्यौ ,जान्यौ भने त्यो सुनेर मलाई खुशी लाग्यो अरु पनि लागि लेखौ जस्तो लाग्यो ।
केही तीन ,चार, पाँच ,सात कक्षाका पाठ्यक्रमका पुसकहरुमा पनि मेरा कथाहरु रहेकाछन । मित्तेरी गाउँ , सानीमाको ओखती, तर्शाउँने गुफा आदि त्यस्ता कथा हुन् । तिमीहरु मद्ध्य कतिले यीकथाहरु कक्षामा पढेका होलाउ हगिरुअहिले बन्दाबन्दीको बेला छ।यो तिमीहरुले पनि के सिक्ने बेला हो । कथाकविता लेख्न ,घरको काम ,बघैचाको काम आदि सिक।पछि आफैंलाई काम लाग्छ ।रुख बिरुवा रोपेउ बने वातावरण शुद्ध हुन्छ ।
मेरा अरु पनि नाति र नातिनी छन् । काया अधिकारी नै र कियान अधिकारी पाँच ।काया चार पासगरेर पाँचमा र कियान युकेजी बाट एकमा पुगे । उनीहरु लनि अमेरिकाको टेक्सस राज्यको अस्टिन भन्ने सहरमा बाबा आमा सङ बस्छन् ।लकडाउनको बेला म उनीहरुदेखी टाढा भएकोले मलई धेरै मिस गरेका छन् ।कहिले आउँने भनेर सोधी रहन्छन् । लकडाउन खुले पछि म उनीहरुलाई भेटन जान्छु। मलाई पनि उनीहरुलाई भेट्न हतार लागेको छ ।काया र कियानलाई खेलकुद धेरै मन पर्छ ।धेरै गेमहरु
जितेर पुरस्कार पनि पाएका छन् ।कायाले आफै कुकिज बिस्कुट बानाएर मलाई देखाउँ छिन् ।कियान चाहिँ मोमो बनाउदा म पनि बनाउँन सक्छु भन्दै ब्बनाएर मलाई भिडियोमा देखाउँछन ।
मैले बनाएको मोमो खान तपाईं कहिले आउँने भन्छन् । अमेरिका पनि स्कुलको होमवर्क गर्नु पर्छ पाठ्शाको पाठहरु राम्ररी पढ्नु पर्छ ।कम्जोर विद्धर्थीको लागि त कुमोन भनेर ट्युसन जस्तो गरेर पनि पढ्नु पर्छ ।यो बन्दा बन्दीको बेला काया र कियान कहिले घर पछाडि चैरमा ,फुट बल ,भलीबल खेल्द छन् ।कहिलेगेम रुममा पाल टाङ्गेर्ट्रेकिङ्मा गएको जस्तो गरेर खेल्छन्। यो बेला अबै ठाउँ का केटाकेटीहरु आमाबाबालाई कचकच नगरिकन घर् नै नयाँ कुरा सिक्दै ,पढ्दै बस है।
रञ्जुश्री पराजुली
कठमान्डौं
२०७७।३।८
Comments
Post a Comment