स्वप्न नगरी-नियात्रा

संयुक्त राज्य अमेरिका धेरै शहरहरु पर्यटकको रुपमा घुमिसकेको भएता पनि त्यहाँको स्वप्न नगरी अर्थात लास भेगास दोह¥याएर घुम्ने इच्छा थियो । एक पटक घुमेर त्यो स्वप्न नगरी घुमेको धित मरेको थिएन । हितेषी मीत्र विनोद र म एउटा लामो सप्ताअन्तको मौका पारेर सपरिवार त्यो शहर घुम्ने जाने योजना बनाएर केही घण्टा हवाई यात्रा गरेर त्यहाँ पुग्यौं । उवर सेवा (ट्याक्सीजस्तै वाहन) को प्रयोग गरेर हामीले अग्रिम बुकिङ्ग गरेको होटेल फ्लेमिङ्गोको बाह्रौं तल्लाको तोकिएको कोठा नंं. मा आफ्ना झोली तुम्बा बिसायौं । होटेलको ठूला ऐनाका झ्यालबाट दुलही सिगांरिएको जस्तो झलमल्ल उज्यालो शहरको दृश्य देखिरहेको थियो । 
“स्वप्न नगरी”  अर्थात लास भेगास शहर घुम्न जानुभन्दा पहिले नै हामीले यो शहरबारे धेरै जानकारीहरु लिइसकेका थियौं । ती राम्रा पनि थिए र पर्यटकलाई सचेत तुल्याउने खालका पनि थिए । तर जे जस्तो सुकैभए पनि हामी त्यहाँको दृश्यावलोकन गर्न उत्साहित थियौं । यो शहर विश्वकै सबैभन्दा धेरै विजुली बत्तीले सिंगारिएको रहेछ । यहाँ संसारका अति नै महंगा होटेल मध्ये धेरै जसो यसै शहरमा छन् भन्ने पनि हामीले जानकारी पायौं । यहाँ भएका प्रत्येक होटेलहरुका कोठामा एक रात बिताउँदै जाने हो भने दुईसय अठचालिस वर्ष लाग्छ रे । हामी पनि पर्यटकको रुपमा चारदिनको लागि त्यहाँ पुगेका थियौं । यो सहरमा संसारकै सबैभन्दा ठूला र धेरै जुवाघरहरु अर्थात क्यासिनोहरु छन.् । क्यासिनो भित्र कतै पनि घडी राखिएको हुँदोरहेनछ । जुवा खेल्न गएकाहरुलाई समयले सचेत नतुल्याओस् भनेर त्यसो गरिएको रहेछ । “सिजर प्यालेस” भन्ने एउटा बहुचर्चित ठाँउ भित्र पसेपछि त्यहाँ टाउको माथि साँच्चिकैको नीलो आकाश मुनि हिडेको जस्तो अनुभूति गराउँनको लागि सिलिगंहरु आकाशकै नमूनाको रुपमा बनाइएको छ । त्यहाँ भित्र ठूलादेखी सानासम्म क्यासिनोहरु, मान्छेहरु राम्रा फेसनको परिधानमा हातेमालो गर्दै, रमाउँदै प्रशन्न मुद्रामा रुमलिरहेको, खरिदारी गरिरहेको, रेस्टुरेन्टहरुमा खाइरहेको आदि दृश्यहरु देखिन्छ । खाने ठाँउ र रेष्टरुमहरुको अभाव देखिदैन । दुर्गन्ध, फोहोर भने कहीं कतै भेटिदैन । फोहोर फ्याक्ने ट्रस र रिसाइकल बेग्लाबेग्लै राखिएको छ । सचेत र सभ्य जनता तोकिएको भाँडोमा फोहर फ्याँकेर सचेत नागरिकको परिचय दिन्छन् । संसारकै नाम चलेका जुवा खेल्ने शहर पुगेर क्यासिनोमा नखेलिकन फर्किन हामीलाई मन लागेन । त्यसैले मदन र मैले मन बहलाउँनको लािग खेल्यौं । केही रकम हा¥यौ पनि तर हारबाट पटक्कै दुखी भएनौं । 

बस्न र खानको लागि त्यहाँ ठूलादेखी साना होटेल र रेस्टुरेन्टहरु पनि रहेछन् । सुझबुझ गरेर मात्र सचेतनाका साथ त्यस्ता ठाँउको प्रयोग गर्नु पर्दोरहेछ । जुनसुकै ठाँउमा पनि ठगिने संभावना रहेछ । ट्याक्सी चालक या अरु कसैले केही प्रश्न गरेमा आफू त्यहाँ पहिलो पटक आएको नभएर बारंवार आउने गरेको भन्नु भएमा त्यस्ताहरुबाट ठगिने संभावना कम हुंदोरहेछ । पहिलो चोटी आएको यहाँको बारेमा केही पनि थाहा छैन भन्यो भने उनीहरुबाट बेइमानी हुने रहेछ । सस्तो खर्चमा त्यो शहर घुम्न जाने हो भने त्यहाँ कुनै पनि पर्व नभएको बेला पार्नु उचित हुँदो रहेछ । यो स्वप्न नगरी लास भेगास चौबिसै घण्टा उज्यालो र झिलिमिलीमा डुबेको हुन्छ । यो शहर भएको राज्यको नाम नभडा राज्य हो । पहिलो यो ज्वालामूखी थियो रे । त्यसैले यो ठाँउ अहिले पनि सुख्खा छ । लास भेगास यही नभडा राज्यको संसार प्रसिद्ध पर्यटकीय शहर हो । पेय पदार्थ खान, चुरोट खान यहाँ जुनसुकै ठाँउमा पनि छुट छ । यो शहर घुम्न आएका पर्यटकहरु दिल फुकाएर पैसा खर्च गरेर घुमघाम, खानपिन र किनमेल गरेर रमाउँछन् । तर जानिफकारहरु भने यो शहर घुम्दा केही सचेतना अपनाउन पर्ने टिप्सहरु पनि दिएका हुन्छन् । सबभन्दा पहिले त हिड्नको लागि सजिलो जुत्ता लगाउँनुपर्छ । सबैले आआफ्ना लागि पिउने पानी बोक्न पर्छ । जुन हामीले गरेका थियौं । पानी सम्बन्धी एउटा रोचक जानकारी हामीले अग्रिम प्राप्त गरेका थियौं । त्यो के भने त्यहाँका होटेल आदिमा धाराहरुमा बग्ने पानी एकचोटि प्रयोग भैसकेको पानीलाई स्वच्छ बनाएर फेरि प्रवाहित गराएको हुँदो रहेछ । त्यसैले पर्यटकहरु त्यस्तो पानी पिउँदा रहेनछन् । जहाँतही पिउने पानीका जारहरु किन्न पाइएता पनि ती धेरै महंगो हुने हुँदा फरमासीहरुमा पिउने पानी किन्नु उपयुक्त हुंदो रहेछ । 

लास भेगास शहर घुम्दा ठाँउठाँउमा ए.टी.एमहरु भए पनि त्यसलाई प्रयोग गर्नुभन्दा साथमा क्यास बोक्नु उपयुक्त हुंदो रहेछ । ए.टी.एमबाट पैसा झिक्दा झमेला आउने संभावना हुने रहेछ । अर्को रोचक प्रसङ्ग सडकमा परेवाका बथान देखेता पनि ती चरीलाई चारा खुवाउन वर्जीत रहेछ । तिनले बिस्टयाएर शहरलाई कुरुप बनाउँछ भनेर त्यसो गरेको रहेछ । चारैतिर चुरोट र मदिरा खुल्लम खुल्ला प्रयोग भएको देखिन्थ्यो । खाने ठाँउ चाहे त्यो ठूलो रेस्टुरेन्ट होस् या कफीसप या आइसक्रिम काउन्टर होस् जुनसुकै ठाँउमा पनि प्रयोग गरिसकेपछि तोकिएको टिप्स दिनुपर्ने रहेछ । भनिन्छ लास भेगास शहर नै टिप्सले चलेको छ । यो शहर बसुन्जेल बस्नु, खानु र घुम्नु नै प्रमुख उद्देश्य बनाएर जानु पर्ने रहेछ । हामीले बसुञ्जेल त्यसै ग¥यौं । 

इस्वी १९८० को दशकमा यो शहरको एउटा अस्पतालमा स्टाफहरुले “यो विरामी मर्छ कि” भनेर बाजी ठोक्न थालेछन् । एउटी नर्सले बाजी जितेर रकम प्राप्त गर्नको लागि आफूले मर्छ भनेको विरामीलाई मारिदिइछ । त्यो कुरा बाहिर आएपछि त्यहाँका सबै कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएछ । ती सबै स्टाफहरु त्यही शहरको वर्षाको पानी बग्नको लागि बनाइएको सुरुङ्गजस्तो लामो टलनमा आस्रय बनाएर अहिलेसम्म पनि त्यही बसिरहेका छन् । यस्तो रोचक कुरा सुनेपछि हामी पनि त्यो ठाँउ हेर्न गयौं । बाहिरबाट मात्र हे¥यौं । भेगास शहर घुम्न जानेहरु रमाइलोको लागि बुलडोजर चलाउने प्रचलन रहेछ हामीले पनि चलायौं । रमाइलो ग¥यौं । यो शहरको प्रमूख विशेषता रहेछ । यो शहरलाई “म्यारेज क्यापिटल” पनि भन्दा रहेछन् । यो के भनेको होला जस्तो लागेको थियो मलाई तर पछि त्यो खुल्दुली मेटियो कसरी भने “अमेरिकाका सबै राज्यहरु मध्ये यो शहरमा कानुनत बिहे गर्ने दस्तुर सस्तो हुने भएकोले प्रेमीप्रेमिकाका जोडी बिहे गर्न यहाँ आउँदा रहेछन् । यहाँ दैनिक तीनसय भन्दा बढी बिहे हुंदोरहेछ ।” संसारको सबैभन्दा ठूलो धातुको सिंह पनि यही शहरको एउटा होटेलमा बनाएर राखिएको छ । 

डिसेम्बर महिनामा त्यहाँ पुगेका हामीले चिसो मौसमको अनुभूति गरेता पनि शहर घुम्ने क्रममा सडक, पेटी, खुल्ला रेष्टुरेण्ट आदिमा ग्यासका हिटरहरुले ताप छरिरहेको देखिन्थ्यो । हामीले त्यहाँका बहुतल्ले भवनहरु, विश्व चर्चित ट््रम्प टावर, एैफिल टावर रेष्टुरेण्ट, घुम्ने भवन, रङ्गीचङ्गी बत्तीको चहकमा डुबेका अग्ला भवनहरुको दृश्यावलोकन ग¥यौं । त्यो साँझ डाउनटाउनको वरिपरी घुम्ने हाम्रो योजना अनुरुप रमाएर मस्तिसँग घुम्यौं, खायौं, सपिङ्ग ग¥यौं । डान्सिङ्ग वाटर अर्थात वेलिगियो फाउन्टेन ९द्यभििबनष्य ँयगलतबष्ल० नाच्ने पानी हेर्न गयौं । त्यो सुरुहुन केही समय बाँकी थियो । मान्छेको घुइचो थियो तर सबै व्यवस्थित थियो । पानीको नाच भनेको सुन्दा अचम्म लागेको थियो । तर संगित र बत्तीको तालमा झुल्दै, घुम्दै, उफ्रर्दै विभिन्न आकारका झरनाहरु नाच्न थाले । त्यसको सँगै रमिनेहरु पनि झुम्न थाले । 

यो स्वप्न नगरीमा वर्षको चार करोड पर्यटकहरु घुम्न आउँदा रहेछन् । यो शहरमा हेर्नैे पर्ने अर्को पर्यटकीय आर्कषण “मिराज भल्केनो” रहेछ । साँझको बेला शहरको बीचमा साँच्चिकैको ज्वालामुखी फुटेर निस्केको जस्तो गरी नक्कली आगोको मुस्लो फ्याँकेर दर्शकलाई मन्त्रमुग्ध पार्ने मानव निर्मित बनावटी ज्वालामुखी पहाडको विस्फोटन हेर्न पनि हामीले भ्यायौं । रात छिप्पिदै थियो हामी थकित भैसकेका थियौं । त्यो दिनको घुमाई बिट मारेर हामी त्यही बाहिरको रेष्टुरेण्टमा डिनर खाएर विश्राम गर्न होटेल तिर जाँदै थियौं । शहरमा आतङ्कजस्तो अनुभूतिका साथै पुलिस र एम्बुलेन्स तीखो साइरनको चर्को आवाजले अन्योल बनेका हामी सँगैको अग्लो होटेलको झ्यालबाट कसैले अन्धाधुन्ध गोली चलाएको खबरले स्तब्ध भयौं । 

Comments

Popular posts from this blog

अन्तरंग-विनोद दाहाल: बाल साहित्यको रचनाकार पनि बालकै बन्नुपर्छ: रञ्जुश्री

लकडाउँन र भिडियो च्याट