नङ्ग्रीको मामाघर- बालकथा
नङ्ग्रीलाई आफ्नो मामाघरको संझना आइरहन्छ । ऊ सानी हुँदा उनीहरु पनि मामाघर नजिकैको एउटा ठूलो रुखको हाँगोमा लाटो कोसेरो बस्ती भएको ठाँउमा बस्दथे । उनीहरुको गूँढघर रुखको टुप्पोमा थियो । त्यहाँ अरु धेरै उनीहरु जस्तै लाटोकोसेरोले पनि गूँढ लगाएर बसेका थिए । उनीहरु दिनभरी आफ्नो गूँढमा मस्तसँग सुत्दथ्ये अनि राति ठिक त्यसको उल्टो चारा खोज्न जान्थे । उनीहरुको जाति अरु चराहरु भन्दा भिन्न खालको थियो किनभने त्यो जाति राति आँखा देख्दैनन् । त्यसैले अरुको दिन उनीहरुको रात, अरु चराको रात उनीहरुको दिन हुन्छ । नङ्ग्रीलाई संझना छ उसको मामाघर ठूलो सेतो घरभित्रको बगैंचाको छेउमा भएका धेरै रुखहरुको मध्येको एउटा रुखमा थियो । त्यो ठूलो सेतो घरलाई उसले “दरबार” भनेको सुनेकी थिई । त्यो दरबारमा असल जातका धेरै रुखहरु थिए । ती रुखहरु मोटा र अग्ला थिए । कोही भने होचा र झ्याम्म परेमा पनि थिए । त्यहाँ फलफूल र फूलविरुवाका पनि अनेक थरी बोट थिए । राती सबै प्राणी जातिले विश्राम गरेपछि वातावरण शान्त हुन्थ्यो । त्यस्तो बेला ती लाटोकोसेरो जाति भने उठेर दरबारको बगैंचा घुम्थ्ये । त्यहाँ भएका अनेकथरी फलफूलहरु रोजिरोजिकन ठुङ्ग...