Posts

Showing posts from May, 2020

नङ्ग्रीको मामाघर- बालकथा

नङ्ग्रीलाई आफ्नो मामाघरको संझना आइरहन्छ । ऊ सानी हुँदा उनीहरु पनि मामाघर नजिकैको एउटा ठूलो रुखको हाँगोमा लाटो कोसेरो बस्ती भएको ठाँउमा बस्दथे । उनीहरुको गूँढघर रुखको टुप्पोमा थियो । त्यहाँ अरु धेरै उनीहरु जस्तै लाटोकोसेरोले पनि गूँढ लगाएर बसेका थिए । उनीहरु दिनभरी आफ्नो गूँढमा मस्तसँग सुत्दथ्ये अनि राति ठिक त्यसको उल्टो चारा खोज्न जान्थे । उनीहरुको जाति अरु चराहरु भन्दा भिन्न खालको थियो किनभने त्यो जाति राति आँखा देख्दैनन् । त्यसैले अरुको दिन उनीहरुको रात, अरु चराको रात उनीहरुको दिन हुन्छ ।  नङ्ग्रीलाई संझना छ उसको मामाघर ठूलो सेतो घरभित्रको बगैंचाको छेउमा भएका धेरै रुखहरुको मध्येको एउटा रुखमा थियो । त्यो ठूलो सेतो घरलाई उसले “दरबार” भनेको सुनेकी थिई । त्यो दरबारमा असल जातका धेरै रुखहरु थिए । ती रुखहरु मोटा र अग्ला थिए । कोही भने होचा र झ्याम्म परेमा पनि थिए । त्यहाँ फलफूल र फूलविरुवाका पनि अनेक थरी बोट थिए । राती सबै प्राणी जातिले विश्राम गरेपछि वातावरण शान्त हुन्थ्यो । त्यस्तो बेला ती लाटोकोसेरो जाति भने उठेर दरबारको बगैंचा घुम्थ्ये । त्यहाँ भएका अनेकथरी फलफूलहरु रोजिरोजिकन ठुङ्ग...

अन्तरंग-विनोद दाहाल: बाल साहित्यको रचनाकार पनि बालकै बन्नुपर्छ: रञ्जुश्री

रञ्जुश्री पराजुली बालसाहित्यको वरिष्ठ सर्जक हुन् । त्यसै त नारी स्रष्टाहरू नेपाली साहित्यमा कमै छन् त्यसमा पनि झन बालसाहित्यमा त खडेरी नै छ भन्दा हुन्छ । थोरै स्रष्टहरूको पंक्तिमा उभिएकी छन् रञ्जुश्री । उनले कविताको क्षेत्र अँगालिनन् । उनले त कथालाई पो आफ्नो लेखनको क्षेत्र छनोट गरिन् । यसको पनि एउटा कारण रहेछ ।  उनी विदेशमा बसिछन् । उनका छोरा दिपेन्द्र पराजुली बेलायतमा पढ्दारहेछन् । पश्चिमा मुलुकमा बालबच्चालाई बढी नै महत्व दिएको उनले देखिन् । बालबालिकालाई केन्द्रमा राखेर साहित्य लेखेको पनि उनले पाइन् । विद्यालयहरूमा उनीहरूलाई पढाइमा भन्दा खेलाउने र रमाइला कथा भन्ने, सुनाउने गरेको पनि पाइन्  । उनका छोरा दिपेन्द्र दिनदिनै स्कुलमा यस्ता कथा सुनेर आउँथे र घरमा आमालाई पनि यस्तै कथाहरू भन्न लगाउने गर्थे ।  उनी छोराले यसरी कथा सुनाएको र आपूmले पनि छोराका लागि कथा भन्नुपर्ने हुँदा बिस्तारै कथातर्फ आकर्षित भइन् । क्रमशः आपूm पनि कथा लेखनतर्फ अगाडि बढिन् । यसैमा उनको रस बस्दै गयो । बिस्तारै ती बालकथाका रूपमा परिमार्जित हुनथाले र उनी नेपाली बालकथाकारका रूपमा स्थापित हुन पुगिन् ।...

स्वप्न नगरी-नियात्रा

संयुक्त राज्य अमेरिका धेरै शहरहरु पर्यटकको रुपमा घुमिसकेको भएता पनि त्यहाँको स्वप्न नगरी अर्थात लास भेगास दोह¥याएर घुम्ने इच्छा थियो । एक पटक घुमेर त्यो स्वप्न नगरी घुमेको धित मरेको थिएन । हितेषी मीत्र विनोद र म एउटा लामो सप्ताअन्तको मौका पारेर सपरिवार त्यो शहर घुम्ने जाने योजना बनाएर केही घण्टा हवाई यात्रा गरेर त्यहाँ पुग्यौं । उवर सेवा (ट्याक्सीजस्तै वाहन) को प्रयोग गरेर हामीले अग्रिम बुकिङ्ग गरेको होटेल फ्लेमिङ्गोको बाह्रौं तल्लाको तोकिएको कोठा नंं. मा आफ्ना झोली तुम्बा बिसायौं । होटेलको ठूला ऐनाका झ्यालबाट दुलही सिगांरिएको जस्तो झलमल्ल उज्यालो शहरको दृश्य देखिरहेको थियो ।  “स्वप्न नगरी”  अर्थात लास भेगास शहर घुम्न जानुभन्दा पहिले नै हामीले यो शहरबारे धेरै जानकारीहरु लिइसकेका थियौं । ती राम्रा पनि थिए र पर्यटकलाई सचेत तुल्याउने खालका पनि थिए । तर जे जस्तो सुकैभए पनि हामी त्यहाँको दृश्यावलोकन गर्न उत्साहित थियौं । यो शहर विश्वकै सबैभन्दा धेरै विजुली बत्तीले सिंगारिएको रहेछ । यहाँ संसारका अति नै महंगा होटेल मध्ये धेरै जसो यसै शहरमा छन् भन्ने पनि हामीले जानकारी पायौं । यहाँ भए...