कोरोनाको कहर

इश्वी २०१९ को नोभेम्बर १७ तारिख्मा चाइनाको बुहान भन्ने ठाउँमा एउटा अदृश्य तर शक्तिसाली ,विश्वभरी आतंक फैलाउँदै बिजुली र हावा भन्दा पनि द्रुत गतिले दौडन सक्ने कोरोना नाम गरेकोएउटा महामारी रोग फैलन सुरु गर्यो ।योभाईरस भएकोले यसलाई कोरोना भाइरस भन्न थालियो ।छोटकरीमा यसलाई कोभिड भन्ने नाम दिइयो । विश्व प्रवेश गरेको छोटो समयमा नै यसले भयावह रुप देखाउँन सुरु गर्यो ।एक मान्छेबाट अर्को मान्छे हुँदै एक देशबाट अर्को देश सम्म पुगेरर यसाले महामारीको रुप लियो ।विश्व्को ईतिहास पल्टाएर हेर्दा कुनै बेला बिफर, दादुरा,ठेउला आदि महामारी रोगहरु फैलिएको भन्दा पनिभयावह र द्रुत गतिले यो रोग महामारीको रुपमा विश्वभरी फैलिइ रहेको छ। वैज्ञानिकहरु यस्को खोपको अनुसंधानमा दत्तचित्त भएर लागिपरेका भएता पनि अहिले सम्म पत्तालागी सकेको छैन। विश्वका शक्तिशाली देशहरु पनि यस्को खोपको अनुसंधानमा दत्तचित्त भएर लागिपरेता पनि सफल भएका छैनन् । यो महामारी फैलिएको सुरुसुरुको बेला त शक्तिशाली देश बीच शक्तिको बल देखाउँदै रासायनिक हतियारको रुपमा यस्तो डरलाग्दो रोग उब्जाएर फैलाएको आरोप प्रत्यारोप फैलिएको पनि सुन्नमा आएको थियो । तर ती शक्तिशाली रास्टहरु नैयस्को सिकार भएको कारण यो तथ्य केवल गफ भएको सावित भयो ।सर्व प्रथम त यस्ले चाइना देशमा आफ्नो विराट रुप देखाएर असंख्य नागरिकहरुलाई मृत्यु वरण गरायो ।यो हलुका भाइरस भाइरस हो । यसबाट वचन घर भित्र नै बस्नु पर्छ।नाक र मुख छोप्नु पर्छ। हातलाई महामारी किटाणु नाशक साबुनले मिचिमिची धोएर सेनिटाइजर लगाउँनु पर्छ ।यो रोगले महामारीको रुप लिइसकेको हुनाले सर्वत्र लकडाउन ९ बन्दा बन्दी० गरियो ।स्कुल कलेज ,अड्डा अदालत ,बजार , सवारि साधन सबै बन्द भए ।बिदेश पुगेकाहरु स्वद्व्श फर्कन पाएनन ।धडीको सुइ घुमीरहेर समयको संकेत दिएपनि परिस्थिति ठप्प रिकियो ।हुनेखानेहरु ठूलो र अग्लो भवनमा बसेर लकडाउनमा छानीछानी मिठा पकवान पकाएर आज यो खाजा खायौ ,भोलि यो खान्छौ भनेर मिडियामा राखेर ठूलो काम गरेको जस्तो गर्न थाले भने श्रमजीवीहरु अरुले दयाधर्मले बाँडेको राहतले पेट भर्ने आस लिएर टुलुटुलु हेरेर बस्न वाध्य भए । प्रेत्यक दिन श्रमिक भएर परिवार पाल्न बाध्य निम्न स्तरका व्यक्तिहरु भोको पेट लिएर टुलुटुलु हेरेर वस्न वाध्य भए । हाम्रो जस्तो पिछडिएको देश्को लागि कोरोना उद्धार कोशमा दानका रकम जम्मा भयो ।तर के कम्जोरीले हो कुन्नि न त रोगीहरुले नै राम्रो उपचार पाए ,नत राहत स्वरुप खद्ध्य सामग्री पाए ।उनीहरु भोको पेट र नाङ्गो ढाड लिएर परिश्रम गरेर धन कमाएर परिवार्को पेट भर्ने उद्देश्य लिएर शहर सहर पसेका निरिहहरु राहत पाइन्छ कि भनेर भनेर थकित अँखाले प्रतिक्षारत भए। यसरी संसारलाई नै आफ्नो बलवान् शक्तिले दवाएको कोरोनाद्वारा पिडीत,दुखी, गरीब ,बेसहारा,एकल बृद्धबृद्धाको लागि उपचार र राहतको लागि भनेर प्राप्त विश्वब्यापी सहयोगको रकम पनि उचित ढङले प्रयोग नभएको जन गुनासाहरु सुन्नमा आए ।
परदेशमा श्रमगरेर स्वदेशमा रहेका परिवारलाई पेटभरी खानदिने सपना बोकेर विस्थापित भएका असंख्यनेपाली छोराहरु यो महामारीको बेला जेजस्तो आईपर्छ आफ्नै परिवारसङ्ग आफ्नै मातृभूमि बसेर झेल्ने भनेर फर्कन आतुर भए ।तर न उनीहरुले क गरेको मजदुरी पाए न सुरक्षित भएर घर फर्कन नै पाए ।हज्जारौ हजार माइलको दुरी भोको पेट र चर्को घाममा पैदल हिड्दा कतिले अकालमा मृत्य वरण गरे। कसै सङ्ग भएको रकम पनि चोरी भयो ।आफ्नाहरु यसरी कष्ट पुर्वक स्वदेश भित्रिए तर कोरोनाको सक्रमण बोकेका विदेशीहरु लुकिछिपी असंख्य मात्रामा हाम्रो देश भित्र पसे र वातावरणलाई संक्रमीत बनाए पनि । कतिपय संक्रमित पापी मनहरुले आफुमात्र किन मर्ने भनेर भन्ने सोचेर होला नोटमा थुक लागाएर यत्रतत्र फाले पनि। महामारीदेखि सुरक्षा अप्नाउन संसार भर नै लकडाउन सुरु गरियो ।सबै घर भित्र नै बस्न थाले ।केटाकेटी र पुरुषहरु घरमै बसेपछी एकाग्र भएर गृहकार्यमा लाग्ने आमालाई घरको काम र छोराछोरी प्रश्न माथिप्रश्नको उत्तर दिन भ्यानभ्याई भयो ।कोरोना कहाँबाटा आयो ,किना आयो ,।यति धेरै मान्छे कसरी र किन मरेको रु सेनिटाइजर्ले हात धुनु पर्छ ,मास्क लगाउनु पर्छ भन्ने तर कतै किन्न नपाउँने किन चारै तिर बन्दाबन्दी भएकोले घरघरमा सबैको हातमा मिडिया चल्दथ्यो । युवादेखी हजुरबा हजुरामा सम्म टिकटक्बनाउँन ब्यस्त देखिनथे । भला मिडियाको माध्यमले भए पनि समय कटनी त भयो कि रुकुनै ठाउँमा पेटमा भात नपरेको हप्ताउं भै सक्यो भनेको सुनिन भने कतै दिनै पिछे फरक फरक स्व्व्दका पकवान पकाएर भिडियो मिडियामा राखेर गैरवपुर्ण काम गरेझै गर्दथे ।कतै दुख जेलो गरेर बनाएको चारकोठे घरको दुई कोठाको भाडा माग्न नसकी आफुहरु पनि भोकै बस्दछन। काम छैन अनि माम पनि छैन भएको छ परिस्थिति । प्रकृतिलाई हामी आमा भन्चौ अर्थात् प्रकृतिमाता । आज आमा हामीसङ्ग रीसाएकी छिन् जस्तो छ। उनका सन्तान हामी अर्थात् मानव समुदाय उनलाई नै अतिक्रमण गरिरहेकाछौ।विकासको नाउँमा हामी आमालाई क्षतविक्षत पारिरहेकाछौ ।स्वार्थ पुर्तिकोलागी आमाको दोहन गर्दै उनले देखाएको बाटोमा ।त्यस बेला हाम्रा छैनौ । यस्तै रुप्ले मानव समुदायले आमाको दोहन गर्छ भने भोलिकोरोना भइरस भन्दा कडा अर्को रोग सकिदैन हा,मी त हिजोका भै सकेका हुन्छौ ।तर हाम्रा सन्ततिको अवस्था कस्तो हुन्छ होला रु।आजको विश्व हाम्रो सन्ततिको पेवा हो ।उनीहरुको पेवा सुरक्षित राखिदिनु हाम्रो कर्तव्य हो । सनातन धर्म र संस्कृतिले हामीलाई धेरै कुरा सिकाएको छ तर हामी त्यस्को वास्ता गर्दैनौं ।आमाले आफ्ना संन्ततिहरु सहि लयमा लागुन भनेर सतर्क गराउँने उद्द्श्यले महामारी फैलाएकी त होइनन् रु त्यसैले आज नै हामी सही पथमा फर्किऔ र बेठिक पहिल्याउँ । लकडाउनले हामीलाई धेरै कुरा सिकाएको पनि छ । काम र मामको खोजीमाविदेश तिर पलायन भएका युवा बर्गलाई आफ्नै देश सीप खर्चिएर आफ्नै देशको छानो मुनि बस्नप्रेरित गरेको छ ।।बाँझो खेतमा धानको वाला झुलाउन स्वदेश फर्काएको छ । अब नेपालाका बनजङ्ग्ल हरियो वन नेपालको धन भन्ने उखान चरितार्थ पार्नेछन।अब गाउँघर्मा छोरी बुहारीले हलो जोत्नेर मलामी जान पर्ने छैन ।।अब सहर बजार ,घर आँगन सफा सफा राख्ने चेतना फैली सक्यो ।ध्वनी९ ।अनि ध्वनि र वायु प्रदुषण बरे चेतना सबैतिर पुगिसक्यो ।

Comments

Popular posts from this blog

स्वप्न नगरी-नियात्रा

अन्तरंग-विनोद दाहाल: बाल साहित्यको रचनाकार पनि बालकै बन्नुपर्छ: रञ्जुश्री

लकडाउँन र भिडियो च्याट