कोरोनाको कहर
इश्वी २०१९ को नोभेम्बर १७ तारिख्मा चाइनाको बुहान भन्ने ठाउँमा एउटा अदृश्य तर शक्तिसाली ,विश्वभरी आतंक फैलाउँदै बिजुली र हावा भन्दा पनि द्रुत गतिले दौडन सक्ने कोरोना नाम गरेकोएउटा महामारी रोग फैलन सुरु गर्यो ।योभाईरस भएकोले यसलाई कोरोना भाइरस भन्न थालियो ।छोटकरीमा यसलाई कोभिड भन्ने नाम दिइयो । विश्व प्रवेश गरेको छोटो समयमा नै यसले भयावह रुप देखाउँन सुरु गर्यो ।एक मान्छेबाट अर्को मान्छे हुँदै एक देशबाट अर्को देश सम्म पुगेरर यसाले महामारीको रुप लियो ।विश्व्को ईतिहास पल्टाएर हेर्दा कुनै बेला बिफर, दादुरा,ठेउला आदि महामारी रोगहरु फैलिएको भन्दा पनिभयावह र द्रुत गतिले यो रोग महामारीको रुपमा विश्वभरी फैलिइ रहेको छ। वैज्ञानिकहरु यस्को खोपको अनुसंधानमा दत्तचित्त भएर लागिपरेका भएता पनि अहिले सम्म पत्तालागी सकेको छैन। विश्वका शक्तिशाली देशहरु पनि यस्को खोपको अनुसंधानमा दत्तचित्त भएर लागिपरेता पनि सफल भएका छैनन् । यो महामारी फैलिएको सुरुसुरुको बेला त शक्तिशाली देश बीच शक्तिको बल देखाउँदै रासायनिक हतियारको रुपमा यस्तो डरलाग्दो रोग उब्जाएर फैलाएको आरोप प्रत्यारोप फैलिएको पनि सुन्नमा आएको थियो । तर ती...